औद्योगिक प्रशिक्षार्थीलाइ विद्यालयबाट उद्योग पठाउनु भन्न पहिला भर्ना तथा प्रशिक्षार्थी दिवस सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) गण्डकी प्रदेश र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना हेल्भेटास  नेपाल बीच भएको सम्झौता अनुसार गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा चालु आ.व २०८१/०८२ मा संचालित २४ महिने औद्योगिक प्रशिक्षार्थी  तालिम कार्यक्रम पोखरा प्राविधिक शिक्षालयद्वारा होटल म्यानेजमेन्ट विषयमासंचालन भइरहेको छ  |
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा संचालित २४ महिने औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिशीप) तालिमको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन सुनिश्चितताका साथै ३.५ महिनाको अन्तरालमा विद्यालयमा भएको प्रशिक्षण र उद्योगमा आधारित प्रशिक्षणको बारेमा प्रस्ट पार्नु साथै सहभागीहरू बीच सहकार्य र अनुभव आदानप्रदानको वातावरण सिर्जना गर्दै संस्थागत स्तरमा तालिमको गुणस्तर सुधार गर्नुका साथै प्रशिक्षार्थीलाई सम्बन्धित उद्योग / व्यवसायमा १९.५ महिनाको लागि औधोगिक तालिममा पदस्थापन गर्ने विषयमा छलफल गर्नको लागि साझेदार उद्योगहरुसंग छलफल तथा विद्यालय, उद्योग र प्रशिक्षार्थीहरू बीच भर्ना तथा प्रशिक्षार्थी दिवसको विषयमा अभिमुखिकरण तथा छलफल कार्यक्रम पोखरा प्राविधिक शिक्षालयमा आयोजना गरिएको थियो ।
 
उक्त कार्यक्रममा पोखरा प्राविधिक शिक्षालयका प्रशिक्षकहरु, पोखरा प्राविधिक शिक्षालयका साझेदार उद्योगहरुका प्रतिनिधिहरु, इन्स्योर परियोजनाका कार्मचारी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कर्मचारीको सहभागिता रेहको थियो।