नेपाल सरकार पछाडी सबै भन्दा ठुलो अर्थात दोश्रो नेटवर्क रहेको निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा आएको संघीय रुप अनुसार नै आफ्नो विधान र कार्यदिशालाई परिर्वत गर्दै आईरहेको छ । यसै सन्दर्भमा नेपालमा भएको सात वटा प्रदेशमा आफ्नो संरचना स्थापना गर्ने उद्देश्यअनुसार गण्डकी प्रदेशमा रहेका तत्कालिन १३ वटा जिल्ला नगर उद्योग वाणिज्यको मिति २०७२ साल जेठ २३ गतेका दिन बागलुङ जिल्लामा भएको प्रारम्भिक भेलाबाट तत्कालिन पश्चिमाञ्चल समितिका अध्यक्ष संजीवबहादुर कोइरालाको संयोजकमा प्रदेश तर्दथ समिति गठन गरी २०७२ साल जेठ २७ गते केन्द्रबाट आधिकारिता प्राप्त गरेको थियो । सोही दिनलाई गण्डकी प्रदेशको स्थापना दिवसको रुपमा मनाउँदै आईएको छ ।