पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लाई पोर्टेबल मर्चरी हाउस (शव गृह) हस्तान्तरण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लाई पोर्टेबल मर्चरी हाउस (शव गृह) हस्तान्तरण कृतिक विपद्, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लाई पोर्टेबल मर्चरी हाउस (शव गृह) हस्तान्तरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा निर्माण गरिएको मर्चरी हाउस आज प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले मर्चरी हाउसको चाबी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत फरेन्सिक विभागका प्रमुख डा. मदन बराललाई हस्तान्तरण गरे।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि भदौ ११ गतेदेखि शव व्यवस्थापनको जिम्मेवारी आएको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले त्यसबाट सिकेर मर्चरी हाउस निर्माण गरिएको बताए।
 
“शव व्यवस्थापनको जिम्मेवारी आइ… Releated Attachment : 1789714334_WhatsApp Image 2026-09-17 at 10.11.57 AM.jpeg

Recent Press Releases