गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका माननीय मन्त्री गोविन्द बहादुर नेपालीज्यू समक्ष दीर्घकालिन समस्या समाधान गर्नका लागि नयाँ युवा युवतीलाई आत्मनिर्भर र व्यवहारिक ज्ञान सिपको आवश्यकता छ भने यसको लागि महासंघ गण्डकी प्रदेश, निजी क्षेत्रको सहकार्यमा प्रदेश स्तरीय स्किल डेभलमेन्ट एकेडमी (प्रदेश सरकार र निजी क्षेत्र मिलेर आवश्यकता र व्यवहारिकताका आधारमा पाठ्यक्रम विकास गर्ने गरी) स्थापना गरी नियमित रुपमा तालिमहरु सञ्चालन गर्ने, सिप परिक्षण गर्ने, स्किल अपग्रेड गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका प्रतिनिधि मण्डलद्धारा प्रस्तवा पत्र पेश गरिको थियो ।