उद्योगमा कार्यरत कामदारका लागि सीप अभिवृद्धि तालिम संचालन गर्नु, उद्योगका सदस्यहरुको लागि इन्स्योर परियोजनाको बारेमा अभिमुखिकरण प्रदान गर्नु, श्रम बजार सर्वेक्षण, अप्रेन्टिशीप कार्यक्रममा सहजीकरण (भर्ना, औद्योगिक प्रशिक्षण, मूल्यांकन), उद्योगको मानव संसाधन रणनिति निर्माणमा सहयोग गर्नु तथा उद्योगहरुमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी नीति निर्माण मा साथ दिने उदेश्यले मिति २०८१ मंसिर १६ गते देखि लागु हुने गरि २०८२ असार मसान्त सम्मको लागि इन्स्योर/हेल्भेटास नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश विच समझदारी एवं सम्झौता गरिएको थियो ।गण्डकी प्रदेशमा इन्स्योर परियोजना तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले कार्यान्वयन गरिरहेको छ ।