ढुवानीका साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने उद्योग वाणिज्य महासंघकाे माग

ढुवानीका साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने उद्योग वाणिज्य महासंघकाे माग

 नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग गरेको छ ।

महासंघ गण्डकीले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ताहरु लाई घरदैलोमा उपभोग्य बस्तुहरु पुर्याउने विभिन्न ढुवानीका साधनहरुको स्वरुप परिवर्तन गरि हट टप, सफ्ट टप, खन्डे जाली, भ्यान्टिलेसन, ढोका, र्याक, छाना निर्माण गरि सन्चालन गर्न पाउनुपर्ने माग गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्दा ट्राफिक प्रहरीले हरेकपटक १ हजार रुपैयाँ जरिवाना तिराउनु व्यवहारिक नभएको जिकिर गर्नुभयाे ।

पोखरा पानीपर्ने ठाउँ भएको र खुल्ला रुपले सामान ढुवानी गर्दा समस्या पर्ने गरेको बताउँदै उहाँले व्यवसायीलाई दुःख दिने काम बन्द गर्न आग्रह पनि गर्नुभयाे ।

 

News Source: https://samacharpati.com/2021/01/73132/#.YVrMU1VBzDc

Recent Press Releases