बुलिङटार गाउँपालिकासंग कृषि, घरवास (होमस्टे), धार्मिक तथा पर्यटकिय स्थलहरुको सम्भावना तथा चुनौती सम्बन्धि अर्न्तक्रिया कार्यक्रम सम्पन्न


Start Date : 2081-01-14

End Date : 2081-01-14

Venue : बुलिङटार गाउँपालिका वडा नं. ४ बोझापोखरी घरवास (होमस्टे) नवलपुर


कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा बुलिन्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर, बिशिष्ट अतिथिहरुमा बुलिन्टार गाउँपालिकाकी उपाध्यक्ष दिलमाया राना, रिसिङ्ग गाउँपालिकाका उपाध्यक्ष तथा बुलिन्टार गाउँपालिका वार्ड नं. ४, ६ र गैंडाकोट नगरपालिका वार्ड नं. २ का अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो। 

कार्यक्रमका प्रमुख अतिथि तथा बुलिन्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बुलिन्टारलाई बस्नयोग्य बनाउन लागिएको बताउँदै निजी क्षेत्रलाई गाउँपालिकामा व्यवसाय उद्योग सञ्चालन गर्न सहज वातावरण बनाउन आफूहरू तत्पर रहेको बताउनुभयो। उहाँले गाउँपालिकाका विभिन्न वार्डहरूमा सुन्तला, अदुवा, बेसार लगायत अन्य जडिबुटीहरू उत्पादन गर्न सकिने बताउनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष अमृत भट्टचनले समग्र गण्डकी प्रदेशको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले गण्डकी प्रदेशकै सबैभन्दा बढी राजश्व बुझाउने जिल्ला तथा नेपालकै कान्छो जिल्ला नवलपुरबाट शुरु भएको यो मासिक घुम्ती बैठक गण्डकी प्रदेशभित्रका विभिन्न पालिकाहरूमा पनि सञ्चालन गरिने बताउनुभयो। साथै घुम्ती बैठकले स्थानीय उत्पादनको बजारीकरण र स्थानीय स्तरमा लगानी भित्र्याउनमा पनि आशा व्यक्त गर्नुभयो।

1714455151_IMG_7404.00_24_58_23.Still235-1536x1024.jpg